अर्जुनले सुरु गरे ‘झरीपछिको इन्द्रेणी’को छायांकन, दीपादेखि गणेशसम्म फिल्ममा



आज बिहान शुभसाइत गर्दै फिल्म ‘झरीपछिको इन्द्रेणी’को शुभसाइत गरिएको छ । आज ललितपुरमा फिल्मको शुभसाइत गरिएको हो । अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा यो फिल्म बन्न लागेको हो ।

यो फिल्ममा ‘सक्किगोनी’ टिमकी प्रियना आचार्यको मात्र अभिनय रहनेछ । फिल्म ‘लाज शरणम्’ रिलिजपछि अर्जुन र फिल्मको टिमबिच खटपट भयो । यसपछि, उनले आफ्नै निर्देशनमा फिल्म बनाउने घोषणा गरे ।

यो फिल्ममा नायक गणेश उप्रेतीको पनि मुख्य भूमिका रहनेछ । ९ वर्षपछि उप्रेती फिल्मको पर्दामा फर्किन लागेका हुन् । एउटा राम्रो फिल्मबाट कमब्याक गर्न पाउँदा आफू निकै नै खुशी भएको उप्रेतीले बताए ।

यो फिल्ममा निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतका कलाकारहरुको अभिनय रहनेछ । यो फिल्मको छायांकन आजैबाट सुरु भएको हो । फिल्मको छायांकन काठमाडौं, ललितपुर र भक्तपुरमा हुनेछ ।

पारिवारिक कथावस्तुमा निर्माण हुने फिल्मलाई ४५ दिनसम्म खिचिनेछ । फिल्ममा कुमार बेनको कथा, अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा छ ।

पशुपति शिवजी इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुने यो फिल्मलाई वुद्द थापाले खिच्नेछन् । सुशील कडरियाको लगानी रहने फिल्मको शुभसाइतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी श्रीमती सविना काफ्ले उपस्थित थिइन् । फिल्ममा बालेनको एक र्याप गीत रहने बताइएको छ ।