काठमाडौं – सत्तासाझेदार एमाले र कांग्रेसका शीर्ष नेता बिहीबार छलफलमा जुटेका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेता बालुवाटारमा छलफलमा जुटेका हुन् ।
एमालेबाट उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, उपमहासचिव तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल तथा कांग्रेसबाट देउवासहित उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक सहभागी छन् । छलफलमा महान्यायाधिवक्ता रमेश बडाललाई पनि राखिएको छ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्न चाहेका छन् । त्यही विषयमा छलफल थालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकार गठनको एक वर्ष बितिसकेपछि मन्त्री हेरफेरको गृहकार्य थालिएको छ । तर कांग्रेस सभापति देउवाले मानेका छैनन् । उनले कांग्रेसका मन्त्री हेरफेर नहुने, एमाले र अन्य दलको हुनसक्ने अडान लिएका छन् ।
प्रधानमन्त्री ओलीले एमालेका बलराम अधिकारी, मानवीर राई र दामोदर भण्डारी तथा लोसपाका शरत्सिंह भण्डारीलाई हटाउन चाहेका छन् ।
कांग्रेससँगको छलफलपछि प्रधानमन्त्री ओलीले नयाँ मन्त्रीहरुबारे निर्णय लिनेछन् । अहिलेसम्म सम्भावित मन्त्रीहरुमा छविलाल विश्वकर्मा, सूर्य थापा, एलपी साँवा लिम्बू र लोसपाबाट सर्वेन्द्रनाथ शुक्लको नाम चर्चामा छ ।














प्रतिक्रिया