काठमाडौं l राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा न्यायको कामना गर्दै आज उनका पूर्खौली थलो भक्तपुरको बागेश्वरीमा अवस्थित बागेहिटी मन्दिरमा विशेष यज्ञ आयोजना गरिएको छ।

यस विशेष धार्मिक अनुष्ठानमा रवि लामिछानेकी धर्मपत्नी निकिता पौडेल स्वयं साथै दाई हरिशरण लामिछानेको पनि उपस्थित भइ कारागारमा रहेका श्रीमानको मुक्ति र सत्यका लागि विशेष पूजा र प्रार्थना गर्नुभएको छ।

जनआस्था र पारिवारिक परम्पराको प्रतीक मानिने यो बागेहिटी मन्दिर रवि लामिछानेको कुल मन्दिर हो, जहाँबाट आज धर्म, श्रद्धा र न्यायप्रतिको आह्वान एकैसाथ गुन्जिएको देखियो।

निकिता पौडेलको मौन उपस्थितिमा शक्ति, भरोसा र दृढताले भरिएको सन्देश झल्किएको थियो। यो आध्यात्मिक पहल केवल पूजा मात्र नभएर एक प्रकारको सामाजिक सन्देश पनि हो — न्यायका लागि प्रार्थना मात्र होइन, लडाइँ पनि चलिरहेकै छ।














प्रतिक्रिया