अमेरिकाको बोस्टन राज्यमा रहेका नेपाली समुदायले ऊर्जा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व कुलमान घिसिङलाई भव्य स्वागत गरेका छन्। घिसिङको नेतृत्व, योगदान र राष्ट्रप्रतिको समर्पणको सम्मानस्वरूप आयोजित स्वागत कार्यक्रममा ठूलो संख्यामा प्रवासी नेपालीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा कुलमान घिसिङले प्रवासी नेपालीहरूसँग अन्तरक्रिया गर्दै नेपालको ऊर्जा क्षेत्र सुधारका अनुभवहरू बाँडेका थिए। बोस्टनको नेपाली समुदायले उहाँको सरल व्यक्तित्व, देशप्रतिको निष्ठा र कामप्रतिको इमान्दारीको मुक्तकण्ठले प्रशंसा गरेका छन्।
















प्रतिक्रिया