फिल्म ‘रत्यौली’ निर्माणको घोषणा गरिएको छ । नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित रहने फिल्मको आज एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।
मुस्कानले यसअघि फिल्म ‘नाई नभन्नु ल ३ र समर लभ’ निर्देशन गरेका थिए । फिल्मलाई रञ्जन रिजालको प्रस्तुतिमा तयार गर्न लागिएको हो ।
रञ्जन कुनै समय नेपाली म्युजिक भिडियोमा चर्चित थिए । अब, उनी फिल्म निर्माणमा अगाडि आएका छन् ।
नाइट एंगल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको फिल्मलाई नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकालको लगानीमा निर्माण गर्न लागिएको हो ।
फिल्मको छायांकन तिहार लगतै सुरु हुनेछ । अहिले कलाकार र प्राविधिक टिम फाइनल गर्ने क्रममा यसको निर्माणपक्ष छ ।
यो फिल्मले नेपाली संस्कुति र मनोरञ्जनलाई सन्तुलित ढंगले प्रस्तुत गर्ने लक्ष्य लिएको निर्देशक ढकाल बताउँछन् ।














प्रतिक्रिया