यो वर्षको दशैंको फूलपातीमा रिलिजमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’को फस्टलुक सार्वजनिक भएको छ ।
दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्मको फस्टलुकमा कलाकार हरिवंश आचार्य मात्र छन् । फस्टलुक सार्वजनिक गर्दै निर्माणपक्षले प्रचार पनि आरम्भ गरेको हो ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य मात्र छन् । पोस्टरबाट उनको क्यारेक्टरलाई स्पष्ट पार्ने कोशिश निर्माणपक्षले गरेको छ । हरिबहादुर नेपाली टेलिभिजनको दुनियाँमा रुचाइएको पात्र हो ।
पोस्टरमा पनि सोही झल्को दिइएको छ । फिल्ममा हरिवंश आचार्यको साथमा स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारहरुको अभिनय छ ।
असोज १३ गतेबाट रिलिजमा आउने यो फिल्मलाई एमएस मोसन पिक्चर्सको व्यानरमा निर्माण गरिएको हो ।
सरोज ओली र मोहितबंश आचार्य निर्माता रहेको फिल्ममा कृष्णबहादुर थापाको छायांकन, नकुल खड्काको सम्पादन छ । फिल्ममा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत सुन्न सकिनेछ ।














प्रतिक्रिया