नायक सौगात मल्लले नयाँ फिल्म साइन गरेका छन् । उनले, सुशिल पोखरेलको निर्माण तथा लक्ष्मण सुनारको निर्देशनमा तयार हुन लागेको फिल्म ‘परालको आगो’ साइन गरेका हुन् । उनले ‘जुठे दमाई’ नामक फिल्म साइन गरेका हुन् । यसअघि यो भूमिकामा कलाकार जितु नेपालले काम गर्ने पक्का भएको थियो । जितु बाहिरिएपछि सौगात भित्रिएका हुनु ।
यो फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने, ज्याक श्रेष्ठ लगायतका कलाकारहरु फाइनल भइसकेका छन् ।
फिल्ममा शान्ति ठटाल, सत्य स्वरुप र प्रकाश सपुतको संगीत छ । लक्ष्मण सुनारको निर्देशनमा तयार हुन लागेको फिल्मको छायांकन भदौको २६ गतेबाट म्याग्दी जिल्लामा हुनेछ ।
सामाजिक सन्देश दिने यो फिल्ममा संकल्प भुजेलको डीओपी, रामजी लामिछानेको नृत्य निर्देशन, सुशिल देवकोटाको लेखन छ । फिल्म ‘परालको आगो’ आज भन्दा ४५ वर्ष अगाडि निर्देशक प्रताप सुब्बाले तयार पारिसकेका छन् ।














प्रतिक्रिया