काठमाडौं । अब इन्टरनेटविना नेपाल प्रहरीको वेबसाइट र मोबाइल एप प्रयोग गर्न सकिने भएको छ । प्रहरीको डोमेन, उपडोमेनबाट सर्वसाधारणलाई अनलाइनमार्फत प्रदान भइरहेको सेवा एनटीसी र एनसेलबाट निःशुल्क उपभोग गर्न पाइने भएको हो ।
नेपाल दूरसञ्चार कम्पनी र एनसेल आजियाटा लिमिटेडमार्फत शून्य व्यालेन्समा समेत निःशुल्क सेवा उपयोग गर्न सकिने नेपाल प्रहरीले जानकारी दिएको छ । नागरिकको सुविधाका लागि यस्तो व्यवस्था गरिएको नेपाल प्रहरीले शुक्रबार जानकारी दिएको छ । प्रहरीले आफ्ना विभिन्न सेवा अनलाइनमार्फत दिँदै आएको छ । सबैको मोबाइलमा ब्यालेन्स हुन्छ भन्ने पनि हुँदैन । सोही कारण प्रहरीले यस्तो व्यवस्था गरेको हो ।














प्रतिक्रिया