‘जारी २’ असोज ३ मा



फिल्म ‘जारी २’को प्रदशृन मिति तय गरिएको छ । यो फिल्म अब असोज ३ गतेबाट रिलिजमा आउँदैछ । संविधान दिवसको अवसर पारेर फिल्मलाई असोज ३ बाट रिलिज गर्न लागिएको हो । कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा यो फिल्म निर्माण भएको हो ।

रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङको लगानी रहेको फिल्मलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । फिल्ममा उपेन्द्रकै लेखन छ । बासुरी फिल्मस्सँग कबड्डी फिल्मस्ले सहकार्य गर्दै यो फिल्म निर्माण गरेको हो ।

यो फिल्ममा दयाहाङ राई, मिरुन मगर, ऋचा शर्मा, विजय बराल, वुद्दि तामाङ, प्रेम सुब्बा, विश्व मोक्तान, कमलमणी नेपाल, रेखा लिम्बु लगायतका कलाकारहरुको अभिनय छ ।

निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा संजय लामाको डीओपी छ । फिल्म ‘जारी’ले बक्स अफिसमा १७ करोडको व्यापार गरेको थियो । ‘जारी २’ पनि बक्स अफिसमा ब्लकबस्टर हुने प्रक्षेपण गरिएको छ ।