काठमाडौं l काठमाडौं महानगरपालिका वडा नम्बर १२ का स्थानीयहरूको बृहत् उपस्थितिमा “उज्यालो नेपाल अभियान” अन्तर्गत २३ सदस्यीय वडा समिति गठन गरिएको छ। उक्त अभियान नेपालका ऊर्जा नायक कुलमान घिसिङज्यूको नेतृत्वमा अघि बढाइएको जनचेतनामूलक राष्ट्रिय अभियान हो।
वडा स्तरीय भेलाको अध्यक्षता वडा निवासी वरिष्ठ नागरिक पदम शाहिले गर्नुभएको थियो भने स्वागत मन्तव्य सगिना जोशीले राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन सैलेश शाक्यले गर्नुभएको थियो।
कार्यक्रममा उज्यालो नेपाल अभियानका सन्दर्भमा अभियन्ता हेमराज थापा, देवेन्द्र कुमार श्रेष्ठ र रामेश्वर श्रेष्ठले आ–आफ्ना धारणा राख्दै अभियानले देशव्यापी ऊर्जा चेतना अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
स्थानीय स्तरबाट अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाउने उद्देश्यले गठित वडा समिति आगामी दिनमा विविध कार्यक्रममार्फत उज्यालो नेपालको सन्देश फैलाउने प्रतिबद्धता व्यक्त गरिएको छ।














प्रतिक्रिया