चितवन l मुग्लिङ–नारायणगढ सडक खण्डको १७ किलोमिटरमा शुक्रबार बिहान तीन सवारी साधन आपसमा ठोक्किँदा सानो दुर्घटना भएको छ। दुर्घटनामा हाइलक्स, यात्रुबाहक बस र भारतीय नम्बर प्लेटको ट्यांकर एकआपसमा ठोक्किएका हुन्।
घटनास्थलमा तत्कालै प्रहरीको टोली पुगेर उद्धार कार्य अघि बढाएको थियो। प्रारम्भिक जानकारी अनुसार, दुर्घटनामा संलग्न यात्रुहरूको अवस्था सामान्य रहेको र गम्भीर घाइते कोही नभएको प्रहरीले जनाएको छ।
दुर्घटनाले केही समय सडक अवरुद्ध भए पनि हाल यातायात नियमित रुपमा सञ्चालनमा आएको छ।
प्रहरीका अनुसार, तीव्र गतिमा आएका गाडीहरू एकअर्कालाई ओभरटेक गर्न खोज्दा ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।














प्रतिक्रिया