काठमाडौं l नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूले एमाले विभाजनको औचित्य पुष्टि गर्न नसकेको स्वीकार गर्दै पछुतो जनाइरहेका बेला सो पार्टीका नेता–कार्यकर्ताहरू धमाधम एमालेमा फर्किन थालेका छन्।
यसै क्रममा शुक्रबार मकवानपुरको इन्द्रसरोवर गाउँ कमिटीका अध्यक्षसहित सिङ्गो कमिटी र विभिन्न पेशागत क्षेत्रका नेताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
उनीहरूले एमालेमा फर्कने निर्णय गर्दै पार्टी विभाजनले अपेक्षित परिणाम नल्याएको र राजनीतिक स्थायित्वका लागि एमाले नै विकल्प भएको बताएका छन्।














प्रतिक्रिया