नायिका सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुकी’को फस्टलुक सार्वजनिक भएको छ । मोहन केसीको निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुकमा एक पुरुषसहित सात जना महिला भलिबल खेलिरहेको देख्न सकिन्छ ।
उनीहरु भलिबल प्रतियोगीताका लागि तयारी गरिरहेको वुझ्न सकिन्छ । बुकी फूल हिमाली क्षेत्रको पाटनमा वर्षाको समयमा फूल्ने गर्दछ । सोही फूललाई केन्द्रमा राखेर कथा भनेको वुझ्न सकिन्छ ।
यो फिल्ममा प्रकाश आले र बसुन्धरा खरेल कार्यकारी निर्माताको रुपमा छन् । लक्ष्मण सापकोटा, अमिशा काउचा थापा र रमेश थापा फिल्मका निर्माता हुन् ।
फिल्ममा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिलसिना, गानु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी र निशा बजगाँई मुख्य कलाकारको रुपमा छन ।
दीपक शर्मा र एचबीएन किस्मतको संगीत रहेको यो फिल्मको छायांकन काठमाडौं, पोखरा र ढोरपाटनमा गरिएको हो । फिल्मलाई केही महिनापछि रिलिज गर्ने योजना निर्माणपक्षको छ ।














प्रतिक्रिया