३५ वर्षमा पहिलो पटक साहरुखले पाए ‘राष्ट्रिय चलचित्र पुरस्कार’



फिल्मी करिअरमा नायक साहरुख खानले पहिलो पटक भारत सरकारले दिदै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्राप्त गरेका छन् ।

भारत सरकारले घोषणा गरेको ७१ औैं ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा नायक साहरुख खानले फिल्म ‘जवान’बाट ‘उत्कृष्ट अभिनेता’को पुरस्कार प्राप्त गरेका हुन् ।

साहरुखको करिअरका लागि यो अवार्ड महत्वपूर्ण मानिएको छ । उनले, यो अवार्डका लागि भारत सरकार, फ्यान र फिल्मको टिमलाई धन्यवाद समेत दिएका छन् ।

उत्कृष्ट अभिनेताको अवार्ड फिल्म ‘टुवेल्थ फेल’का नायक विक्रान्त मेस्सीले पनि प्राप्त गरेका छन् । नायिका रानी मुखर्जीलाई ‘मिसेस चटर्जी भर्सेस नर्वे’बाट सर्वोत्कृष्ट नायिकाको पुरस्कार दिइएको छ ।

यस्तै, फिल्म ‘टुवेल्थ फेल’ले ‘सर्वोत्कृष्ट फिचर फिल्म’को पुरस्कार प्राप्त गरेको छ । ‘द केरल स्टोरी’ले उत्कृष्ट छायांकन र उत्कृष्ट निर्देशनको पुरस्कार प्राप्त गर्दै गर्दा ‘कटहल’ नामक फिल्मले ‘उत्कृष्ट हिन्दी फिल्म’को पुरस्कार प्राप्त गरेको छ ।