पल शाहको दौडधुप



नायक पल शाहको दौडधुप जारी छ । साउनको २३ गते आउने दिन नजिकिदै गएपछि पलको दौडधुप पनि बढेको हो ।
उनी, साउन २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को प्रचारमा सक्रिय रुपमा लागिरहेका छन् ।

शुक्रबार बेलुकी काठमाडौंको सिटी स्क्वायर मल अगाडि आयोजित ‘मोहर साँझ’मा पल सहभागी भए । उनले, उक्त कार्यक्रममा फिल्ममा समावेश गीतमा नायिका बेनिशा हमालसँग नृत्य गरे । दर्शकहरुलाई फिल्मको बारेमा जानकारी दिए । दर्शकहरु पलसँग झुमेका थिए ।

उनै, पल आज फेरि चितवन पुगेका छन् । चितवनको म्याङ्गो हल अगाडि आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी त्यता लागेका हुन् । पल शाहका लागि ‘मोहर’ फिल्म विशेष छ । यो फिल्म चलेको खण्डमा उनको क्रेज फर्किनेछ । किनकी, एकपछि अर्को फिल्म असफल हुँदा पललाई घाटा लागिरहेको छ ।

नायक शाह यो फिल्मले देउकी प्रथाको कथा भन्ने बताउँछन् । फिल्मको ट्रेलर र गीतसंगीतले यसको हाइप समेत बढाएको छ । जसकाकारण, दर्शकहरु फिल्मप्रति उत्साहित रहेको देखिन्छ ।

चुम्बन जंग शाही निर्माता रहेको यो फिल्मलाई फिल्म मेकर्स प्रा.लिले निर्माण गरेको हो । ओम प्रतिकको लेखन तथा निर्देशनमा फिल्म तयार भएको हो । फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।