क्याप्टेन रामेश्वर थापाको बायोपिक फिल्म ‘क्याप्टेन साब’का लागि तीनकुनेमा सेट बनाइएको छ । वि.सं २०३० र ४० को काठमाडौं कस्तो थियो भन्ने देखाउनका लागि सेट नै बनाइएको निर्माणपक्षले बताएको छ ।
एउटै खालका सेता तर पुराना जोडिएका घर सेटमा देखिने निर्माणपक्षको भनाई छ । फिल्मका निर्देशक दीपेन्द्र के खनालले भने–‘काठमाडौंको व्यस्त शहरमा हामीले दर्जनौं पक्की घर त बनाउन सक्दैनौं ।
त्यसैले त्यो बेलामा महशुश हुने गरि घरको कलर गरेका छौं । त्यो बेलाको काठमाडौं कस्तो थियो भन्ने देखाउन त्यही अनुसारको कष्ट्यूम डिजाइन गरेका छौं ।’
तीनकुनेमा रहेका घरलाई एउटै कलर लगाइएको छ । कष्ट्युमदेखि सेटमा विशेष ध्यान दिइएको निर्माणपक्षले बताएको छ ।
साउनको १० गतेबाट छायांकन सुरु भएको फिल्मलाई काठमाडौंसँगै काभ्रेको धुमखर्क, बेथानचोक, चितवन र वीरगञ्जमा गरिनेछ । यो फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, संजोग रसाइली मुख्य भूमिकामा छन् ।
पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भइरहेको यो फिल्ममा दीपेन्द्रको साथमा करण श्रेष्ठ र श्रृष्टिमा खनाल निर्माताको रुपमा छन् । सिर्जना नापित फिल्मकी कार्यकारी निर्माता हुन् । दीपेन्द्रकै लेखन रहेको फिल्ममा कृष्णबहादुर थापाको डीओपी छ ।














प्रतिक्रिया