काठमाडौं । पूर्वनवयुवराज हृदयेन्द्र शाह अहिले जुम्लाको भ्लगले चर्चामा छन् । हृदयेन्द्रको जुम्ला भ्लग र गीत हो ‘कोही सुन्दैनन् कर्णाली रोएको आभाष’ बाट स्वदेशमा मात्र होइन, विदेशमा पनि उनी लोकप्रिय भएका छन् ।
चकलेटी अनुहारका कारण हृदयेन्द्र पहिलेदेखि नै युवा पुस्तामा चर्चित र लोकप्रिय छन् । यही लोकप्रियतालाई देखेर अभिनेत्री सुरक्षा पन्तले केही समयअघि भनेकी थिइन्– ‘युवा पुस्तामा लोकप्रिय हुनुहुन्छ । हृदयेन्द्र शाहले फिल्म खेल्न सक्ने क्षमता राख्छन् । नभए कला क्षेत्रमा केही न केही गर्छन् ।’
यति भनेकै कारण राजावादीले त्योबेला उनीमाथि यति तल्लोस्तरको गालीगलौज भयो कि हेरिसक्नु थिएन। तर आज तिनै व्यक्तिहरु हृदयेन्द्रकै भ्लगको प्रशंसा गर्दै ‘राजकुमार जिन्दावाद’ को जयजयकारमा व्यस्त छन् ।
धेरैले भ्लगको सानो क्लिप र अभिनेत्री पन्तले दिएको अभिव्यक्ति सानो क्लिप मिसाएर अहिले फेरि उनको आलोचना गर्न थालिएको छ । अभिनेत्री पन्तले भखर्रै राष्ट्रपतिबाट पाएको राष्ट्रिय चलचित्र पुरस्कार पनि राजावादीविरुद्ध बोलेकोले नै पाएको हो भन्ने किसिमका आरोप पनि लगाइएको छ ।
साहित्यकार र कलाकार युग द्रष्टा पनि हुन्छ । उनीहरूले भविष्यबारे अहिले नै बताउन सक्ने खुबी राख्छन् । सुरक्षाले पनि हृदयेन्द्र राजा होइन, कला क्षेत्रमा लागे उनको भविष्य उज्ज्वल छ भनेकी थिइन् । त्यो एउटै भ्लगले पुष्टि गरिदिएको छ ।














प्रतिक्रिया