हेटौडा l बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज साँझ ६ बजे पत्रकार सम्मेलन गर्दै पदबाट राजीनामा दिएका छन्। लामाले राजीनामाअघि पार्टी सभापति शेरबहादुर देउवासँग पटक–पटक छलफल गरेका थिए।
गत वर्ष २०८१ साउनमा मुख्यमन्त्री बनेका लामाले देउवाको निर्देशनअनुसार राजीनामा दिएको बताएका छन्। कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भइसकेका छन् र अब उनी नयाँ मुख्यमन्त्री बन्ने भएका छन्।
स्रोतका अनुसार लामाले राजीनामाअघि देउवासँग छलफल गर्दै नयाँ बन्ने क्याबिनेटमा आफ्नो पक्षधर तीन जना मन्त्री सहभागी गराउनुपर्ने शर्त राखेका थिए।














प्रतिक्रिया