काठमाडौं – गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कारपछि हत्या भएको चर्चित प्रकरणलाई नयाँ शिराबाट गम्भीर रूपमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिएका छन्।
गृहमन्त्री लेखकले आइतबार मन्त्रालयमा आयोजित बैठकमा सो निर्देशन दिएका हुन्। उनले लामो समयसम्म अपराधी पत्ता नलाग्नु दुर्भाग्यपूर्ण भएको भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन कुनै पनि कसर बाँकी नराख्न आग्रह गरेका छन्।
२०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्त बलात्कारपछि हत्या गरिएकी थिइन्। घटनापछि व्यापक जनआन्दोलन भए पनि वास्तविक अपराधी पहिचान हुन नसकेको भन्दै प्रहरीले फेरि नयाँ शिराबाट अनुसन्धान अघि बढाउने तयारी गरेको हो।














प्रतिक्रिया