काठमाडौं । माओवादी स्थायी कमिटी बैठक सोमबार सकिँदैछ । पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा बस्ने बैठकमा स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएर सकिनेछ ।
प्रचण्डले जवाफ दिनुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङले आआफ्नो धारणा राख्नेछन् । बैठकमा प्रचण्डको दस्ताबेजमा उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्कीलगायत केही नेताले प्रश्न उठाए पनि अधिकांशले समर्थन जनाएका छन् ।
विशेष महाधिवेशनको प्रस्ताव गरेका उपमहासचिव शर्मालाई बैठकमा बोल्ने सदस्यहरूले आत्मालोचना गर्न सुझाव दिएका छन्। तर, शर्माले आफूलेमात्र होइन अध्यक्ष प्रचण्डले समेत आत्मालोचना गर्नुपर्ने धारणा राखेका छन् ।
खासगरी जनार्दन शर्माको झाँको झार्न मात्र माओवादी स्थायी कमिटीको बैठक बसेको प्रस्ट हुन्छ । शर्माले ेनेतृत्वप्रति आवाज उठाउँदै आएका थिए । पार्टीका भ्रातृसंगठनमा पनि शर्मा पक्ष बलियो बन्दै गएको थियो । त्यसकारण प्रचण्ड दबाबमा थिए । प्रचण्डले यही छेकोमा बैठक राखेर आफ्नो गुणगान गाउन लगाएर शर्माको उछितो काढ्न लगाएको विश्लेषकहरूको भनाइ छ । माओवादीको स्थायी कमिटी बैठकपछि शर्मा रक्षात्मक बनेका छन्














प्रतिक्रिया