भदौको १२ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कोशेढुंगा’ प्रतिक्षामा छ । यो फिल्मको बिषयवस्तु, गीतसंगीतका कारण दर्शक यसको प्रतिक्षा गरिरहेका छन् ।
फिल्मको ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले सामाजिक संजालमा दर्शकको उच्च साथ पाइरहेको छ । यसको निर्माणपक्षले अब अर्को एक रोमान्टिक गीत सार्वजनिक गरेको छ । जसमा फिल्मका मुख्य पात्र सुरक्षा पन्त र मन्जिल कुमारको प्रेमभाव छल्किएको छ ।
सार्वजनिक गीतमा रिदम कँडेल र वेनिशा पौडेलको स्वर, विदुर तिमिल्सिनाको शब्द, रिदम कँडेलकै संगीत छ ।
नरदेवी फिल्मस् प्रा.लिको व्यानरसँग सहकार्य गर्दै सारङ्गी फिल्मस्ले निर्माण गरेको यो फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रविण खतिवडा, ऋचा शर्मा, नीति शाह, मन्जिल कुमार, सरोज खनाल, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, सविन कट्टेल लगायतका कलाकारहरुको अभिनय छ ।
सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा प्रेविल कँडेल र सुबलमणी सापकोटाको लगानी छ । दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा बाबु श्रेष्ठको डीओपी, नहकुल खड्काको सम्पादन, खेम सेन्चुरी, आशिष अविरल र रिदम कँडेलको संगीत छ ।
यो फिल्मलाई सेभेन सिज इन्टरनेशनलले विश्वका ४० बढी देशमा एकसाथ रिलिज गर्दैछ ।














प्रतिक्रिया