काठमाडौं – संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ ।
मंगलबार विशेष समिति सभापति जीवन परियारले शंकर हलमा आयोजित कार्यक्रममा सभामुख घिमिरेलाई प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदनमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई दोषी देखाइएको छ। दुवैजनाले हेर्दै नहेरी हस्ताक्षर नगरेकाले मुख्य दोषी देखाइएको छ ।
तर कुलिङ पिरियडमा प्रत्यक्ष संलग्न भनिएका मुख्यसचिव एकनारायण अर्याल, संसदका महासचिव पद्मप्रसाद पाण्डेलगायत कर्मचारीलाई परोक्ष संलग्नता देखाएर जोगाइएको छ। प्रतिवेदन आजै प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ ।














प्रतिक्रिया