काठमाडौं । रास्वपा सांसद डा. तोसिमा कार्कीले बहुविवाह कानुनी बनाउन लागिएको भनी फैलिएको चर्चाबारे सरकारको स्पष्ट धारणा माग गरेकी छन्।
मिडिया र सामाजिक सञ्जालमा बहुविवाहसम्बन्धी मस्यौदा तयार हुँदैछ भन्ने हल्लाले भ्रम फैलिएको भन्दै उनले मंगलबार कानुनमन्त्री अजय चौरसियालाई भेटेर आधिकारिक पत्र बुझाएकी हुन्।
कार्कीले पत्रमार्फत हालसालै मन्त्रालयमा यस्ता मस्यौदा वा छलफल चलेको हो कि होइन, यदि हो भने त्यसको कानुनी आधार के हो भनेर जानकारी माग गरेकी छन्। साथै, उनले मन्त्रालयबाट यस्ता भ्रम चिर्न आधिकारिक खण्डन वा जनचेतनामूलक वक्तव्य जारी गर्न माग गरेकी छन्।
कार्कीले बहुविवाह दण्डनीय अपराध हो भन्ने प्रचलित कानुनको स्मरण गराउँदै यस विषयमा सरकार गम्भीर र स्पष्ट हुनुपर्ने बताएकी छन्।














प्रतिक्रिया