कोशी प्रदेश l राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरीले कोशी प्रदेश प्रहरी तालिम केन्द्रको भौतिक तथा प्रशिक्षण पूर्वाधार, कार्यालयका विभिन्न शाखा र सुविधा संरचनाको स्थलगत निरीक्षण गरेका छन्।


निरीक्षणपछि तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीले केन्द्रमा सञ्चालन भइरहेका गतिविधि तथा तालिम कार्यक्रमबारे एआईजी गिरीलाई संक्षिप्त विवरण प्रस्तुत गरे।


यसपछि तालिम केन्द्रले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा समेत सहभागी हुँदै एआईजी गिरीले तालिम केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी र तालिमरत प्रशिक्षार्थीलाई आवश्यक निर्देशनसमेत दिएका थिए। सम्बोधनका क्रममा उनले व्यावसायिकता, अनुशासन र सीप अभिवृद्धिमा तालिमको महत्त्वपूर्ण भूमिकालाई औंल्याउँदै प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन सुझाव दिए।
















प्रतिक्रिया