फिल्म ‘कोशेढुंगा’को ‘भंगेरा र भंगेरी’ गीतमा सुरक्षा र मन्जिलको छमछमी


पहिलो गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सामाजिक सञ्जालमा राम्रो चर्चा पाइरहेका बेला फिल्मको नयाँ रोमान्टिक गीत सार्वजनिक गरिएको हो।

भिडियोमा नायिका सुरक्षा पन्त र कलाकार मन्जिल कुमार फिचरिङ छन्। गीतमा रिदम कँडेल र वेनिशा पौडेलको स्वर, विदुर तिमिल्सिनाको शब्द र रिदमकै संगीत रहेको छ।

नरदेवी फिल्म्स प्रा.लि. को सहकार्यमा सारङ्गी फिल्म्सले निर्माण गरेको यो फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मन्जिल कुमार, सरोज खनाल, लोकमणि सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, सविन कट्टेल लगायत कलाकारको अभिनय छ।

सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको ‘कोशेढुंगा’मा प्रेविल कँडेल र सुबलमणि सापकोटाले लगानी गरेका छन् भने दिनेश खड्का कार्यकारी निर्माता हुन्।

फिल्मको डीओपी बाबु श्रेष्ठ, सम्पादन नहकुल खड्का, र संगीतमा खेम सेन्चुरी, आशिष अविरल र रिदम कँडेल छन्।

‘पूर्ण बहादुरको सारंगी’ जस्तो सफल फिल्म निर्देशन गरेका सरोज पौडेलको नयाँ प्रस्तुतिलाई दर्शकको साथ मिल्ने अपेक्षा गरिएको छ। फिल्मलाई सेभेन सिज इन्टरनेशनलले विश्वभर ४० भन्दा बढी देशमा एकसाथ रिलिज गर्न लागेको हो।