रास्वपामा पनि कुलिङ पिरियड, पूर्वप्रशासकलाई दुई वर्षसम्म सदस्यता नदिने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चपदस्थलाई आफ्नो पार्टीबाट राजनीति गर्न कुलिङ पिरियड लगाएको छ । मंगलबार बसेको सचिवालय बैठकले उच्चपदस्थ सरकारी कर्मचारीहरूलाई कुलिङ पिरियड लगाउने प्रस्ताव गरिएको थियो ।

सरकारी सेवाबाट निवृत्त भएको दुई वर्षसम्म पार्टी सदस्य नबनाउने गरी विधानमा संशोधन गर्न प्रस्ताव आएको प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीसलगायत उच्चपदस्थ सम्मानित व्यक्तित्वहरुलाई पार्टीमा नभित्र्याउनेसमेत प्रस्ताव गरिएको छ । पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति पार्टी राजनीतिमा क्रियाशील हुन लागेका बेला रास्वपाले यस्तो प्रस्ताव गरेको हो ।

रास्वपाले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । कुलिङ पिरियडमा गडबडी प्रकरणमा सभापति खतिवडा जिम्मेवार रहेको भन्दै उनले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।

निजामती सेवा विधेयकको मस्यौदामा छेडखानी गर्दै कुलिङ अफ पिरियडलाई निस्प्रभावी बनाइएको सम्बन्धी विवादमा छानबिनका लागि बनाइएको संसदीय समितिले हिजो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनले सभापति खतिवडाले आवश्यक समन्वय गर्न नसकेको भन्दै नैतिक जिम्मेवार ठह¥याएपछि रास्वपाले उनको राजीनामा मागेको प्रवक्ता झाले बताए ।