काठमाडौं – सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति प्रहरीको गोली प्रहारबाट लालु यादवको मृत्यु भएपछि बुधबार बिहानैदेखि राजविराज तनावग्रस्त बनेको छ ।
मदिरा तस्करी नियन्त्रणको नाममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई गोली हानेर हत्या गरेको भन्दै आफन्तले प्रदर्शन गरेका छन् ।
खुजस अधारभूत विद्यालय कमलपुरका अध्यक्ष ३७ वर्षीय यादवलाई प्रहरीले नियन्त्रणमा लिएपछि गोली हानेको भन्दै आक्रोशित मृतकका आफन्त र स्थानीय बासिन्दाले सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । स्थिति अहिले तनावपूर्ण छ ।
प्रहरीको तीन राउण्ड गोली लालुको तिघ्रामा लागेपछि अति रक्तश्राव भएर उनको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले गोली लागेर घाइते भएका लालुलाई प्रहरीले ल्याउन खोज्दा भीडले प्रहरी गाडीबाट उनलाई झिकेर लगेको थियो। प्रहरीले सो स्थलबाट ८० कार्टुन मदिरा बरामद गरेको छ । प्रहरीले मदिरा भण्डारण गरिरहँदा तस्करीलाई नियन्त्रणमा लिन अप्रेसन चलाएको दाबी गरेको छ ।














प्रतिक्रिया