काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रविन्द्र ढाँटलाई सम्मान गरेका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा एक कार्यक्रममा भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका ढाँटलाई राष्ट्रपतिले सम्मान गरेका हुन् ।
राष्ट्रपति पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताए । ‘खेल क्षेत्रको विकासमा सरकार, खेलसँग सम्बन्धित संस्था र निकायले आगामी दिनमा अझै प्रभावकारी ढङ्गले काम गर्न क्रियाशील हुने विश्वास लिएको छु,’ पौडेलले भने ।
ढाँटलाई सोमबार त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको थियो । बाजुराका ढाँट अहिले विश्वका विभिन्न मिडिया र सामाजिक सञ्जालमा लोकप्रिय छन् ।














प्रतिक्रिया