वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र महासचिव विप्लवबीच भेटवार्ता


काठमाडौं l नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव सी’ बीच आज श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा भेटघाट र छलफल भएको छ।

भेटमा समसामयिक राजनीतिक परिस्थिति, नेपालको कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलन, राष्ट्रियता र पार्टी एकताको सम्भावनासहित विविध विषयमा विचारविमर्श भएको बुझिएको छ ।