काठमाडौं । पूर्वराष्ट्रपति पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी समूहले नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोलेको छ । मदन भण्डरीको ७५औं हिरक जयन्ती मनाउन सम्पर्क कार्यालय खुलेको बताइएको छ । विद्या भण्डारीकै अगुवाइमा मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन ‘जननेता मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ समेत गठन गरिएको छ ।
विगतमा मदन भण्डारीले चुनाव प्रचार प्रसार गर्न खोलेको घरमै विद्यादेवी समूहले अहिले सम्पर्क कार्यालय स्थापना गर्नुलाई अर्थपूर्ण मानिएको छ । ‘०४८ सालमा मदन भण्डारीले काठमाडौँमा निर्वाचन लड्दा जुन घरलाई प्रचारप्रसारको सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्नुभएको थियो, त्यही घर अहिले भाडामा लिएर राजनीतिक गतिविधि गर्न लागिएको हो’, एमालेका एक नेताले भने ।
एमालेले विद्या भण्डारीलाई पार्टी सदस्यबाट अलग राख्ने निर्णय गरे पनि राजनीतिक यात्रा कायम रहेको बताउँदै उनले कार्यकर्ताहरुसँगको सम्पर्क बढाउँदै लगेकी छन् । उनले आफूलाई कसैले रोक्न नसकेको बताइसकेकी छन् । भण्डारी निकटका नेताहरू विधान महाधिवेशनमा छुट्टै दस्तावेज पेस गर्ने र त्यसको छलफलका लागि पनि छुट्टै घर लिएर कार्यालय सञ्चालन गरिएको स्रोतले बताएको छ । एमाले महासचिव शंकर पोखरेलले विद्यादेवी भण्डारीको सक्रिय राजनीतिको च्याप्टर क्लोज भएको बताएको भोलिपल्टै सम्पर्क कार्यालय खुलेको हो ।














प्रतिक्रिया