इजरायलले गाजा सहर नै कब्जा गर्ने


काठमाडौं । इजरायलले गाजा सहर कब्जा गर्ने निर्णय गरेको छ । शुक्रबार बिहानसम्म चलेको सुरक्षा मन्त्रिपरिषदको बैठकले गाजा सहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेको हो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासलाई पराजित गर्न भन्दै गाजा सहर कब्जा गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको बीबीसीले जनाएको छ ।

समाचार अनुसार अब इजरायल रक्षा बल (आईडीएफ) ले युद्ध क्षेत्र बाहिरका नागरिक जनसंख्यालाई मानवीय सहायताको प्रावधान सुनिश्चित गर्दै गाजा सहर कब्जाको लागि तयारी गर्नेछ । प्रधानमन्त्री नेतान्याहूले सम्पूर्ण क्षेत्रमाथि पुनः नियन्त्रण लिने र अन्ततः हमासको विरोधी मित्रवत अरब सेनालाई हस्तान्तरण गर्ने योजना बनाएको घोषणा गरेका थिए ।

त्यसपछि बसेको सुरक्षा मन्त्रिपरिषद्को रातभरको बैठकले उनको योजना अनुमोदन गरेको हो । नेतान्याहूले इजरायलको सुरक्षा सुनिश्चित गर्न हमासलाई गाजाबाट हटाउन चाहेको बताएका छन् । ‘हामी गाजालाई हमासको आतंकबाट मुक्त गर्न चाहन्छौं,’ नले फक्स न्यूजलाई भनेका छन् । इजरायलको यो निर्णयलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मौन समर्थन गरेका छन् ।