काठमाडौं l दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा पवन सर्राफ अधिकतम मूल्य १५ लाख रुपैयाँमा गोलाप्रथाबाट कर्णाली याक्समा अनुबन्ध भएका छन्। उनलाई किन्न चार टोलीले प्रतिस्पर्धात्मक बोली लगाएका थिए।
आक्रामक ब्याटिङ र उपयोगी बलिङका लागि चर्चित सर्राफ यसअघि विभिन्न राष्ट्रिय तथा फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन्। कर्णाली याक्सले उनको आगमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ।














प्रतिक्रिया