काठमाडौं । अमेरिकाको भर्जिनियामा एक नेपाली परिवारका चारजना मृत फेला परेको दुई महिना बित्न नपाउँदै फेरि एक नेपाली परिवारको दुःखद अन्त्य भएको छ ।
टेक्सस राज्यको डालास सहरमा बस्दै आएका एक नेपालीले श्रीमती र तीन वर्षीय छोरालाई गोली हानेर हत्या गरेर र आफूले आफैलाई पनि गोली हानी आम्तहत्या गरेका छन् ।
५३ वर्षीय ललितले श्रीमती र छोरालाई गोली हानेर मारे, अनि आफैलाई गोली हाने । जसकारण ३७ वर्षीया रञ्जना श्रेष्ठ, ५३ वर्षीय ललित प्रधान र उनका नाबालक छोरा प्रनिश प्रधानको जीवन समाप्त भयो।
डालास प्रहरीका अनुसार मानसिक तनावमा रहेको र आफूले कामसमेत गर्न नसकेको भन्दै केही दिनअघि फेसबुकमा स्टाटस लेखेका थिए। उनलाई नजिकबाट चिन्ने नेपालीहरुका अनुसार लामो समयदेखि उनले डिप्रेसनको औषधिसमेत सेवन गर्दै आएका थिए।
प्रहरीका अनुसार पत्नी र छोराको घटनास्थलमै मृत्यु भएको थियो भने ललितलाई अस्पताल पुर्याएपछि मृत घोषणा गरिएको थियो। प्रहरीले उनीहरूको बारेमा विस्तृतमा खुलाएको छैन। तर नेपालीहरूका अनुसार ललित भुटानी शरणार्थीका रुपमा अमेरिका पुगेका थिए । रञ्जना नेपाली नागरिक नै हुन्।














प्रतिक्रिया