काठमाडौं l नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी दल नेपालका अध्यक्ष उपेन्द्र यादवबीच आज बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भेटवार्ता भएको छ।
पूर्व उपप्रधानमन्त्री द्वयबीचको छलफलमा वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र तथा समाजवादमुखी समावेशी लोकतन्त्रको संरक्षण र सुदृढीकरणमा संघर्षरत शक्तिहरूको भूमिका बारे विस्तृत विचारविमर्श गरिएको स्रोतले जनाएको छ।
भेटमा यथास्थिति अन्त्य, लोकतान्त्रिक उपलब्धिहरूको रक्षा र समाजवादको दिशातर्फ अघि बढ्दै समृद्ध नेपाल निर्माणका लागि आवश्यक कदमबारे चर्चा भएको थियो। साथै, संघर्षशील शक्तिहरूले वर्तमान चुनौतीलाई सम्बोधन गर्दै सकारात्मक निकासका लागि नयाँ पहल र कदम चाल्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ।
उभय नेताले आ–आफ्ना कमजोरीबारे आत्मालोचना गर्दै, एकताबद्ध भूमिकामा कसरी अघि बढ्ने भन्ने विषयमा विशेष ध्यान केन्द्रित गरेको बताइएको छ।
यसअघि श्रेष्ठले नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुषाल र वरिष्ठ नेता झलनाथ खनालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।














प्रतिक्रिया