‘जारी २’को टिजर सार्वजनिक, लिम्बु समुदायको कथा पुनः पर्दामा


काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्म “जारी २”को टिजर सार्वजनिक गरिएको छ। असोज ३ गतेबाट रिलिज हुने यो फिल्मको टिजरमा लिम्बु समुदायको सांस्कृतिक पहिचान, विशेषगरी च्याब्रुङ बाजासँग जोडिएको कथा प्रस्तुत गरिएको छ।

साढे दुई मिनेट लामो टिजरमा अभिनेता दयाहाङ राई र नायिका मिरुना मगरको प्रेम र घरायसी विवादलाई देखाइएको छ भने अभिनेत्री ऋचा शर्माको प्रवेशलाई पनि विशेष महत्व को साथ हेरिएको छ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दया, मिरुना र ऋचासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङलेखु अभिनय रहेको छ ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस् ब्यानरमा बनेको “जारी २”को व्यापारमा फिल्म क्षेत्रको ध्यान तानेको छ। यसअघि ‘जारी’ले बक्स अफिसमा १७ करोड रुपैयाँभन्दा बढीको ग्रस कमाइ गरेको थियो। निर्माण टिम अहिले जारी भन्दा राम्रो चलचित्र निर्माण जुटेका छन् ।