प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् १७औं नाडा अटो शो २०२५


काठमाडौं – आगामी भाद्र ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको १७औं नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेर उद्घाटनको लागि अनुरोध गरेका थिए, जसलाई प्रधानमन्त्रीले सहर्ष स्वीकार गरेका छन्।

यस वर्षको अटो शो नाडाको ५०औं वार्षिकोत्सवको अवसरमा हुन लागेको छ। प्रदर्शनीमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, विद्युतीय, हाइब्रिड तथा स्मार्ट मोबिलिटी समाधानहरू र विन्टेज मोटर शो समावेश छन्।

प्रधानमन्त्रीको सहभागिताले अटोमोबाइल व्यवसायीहरू उत्साहित भएका छन्। भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल र केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल पनि उपस्थित थिए।