काठमाडौं – काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई दुई लाखसहित सम्मान गरेको छ । महानगरले मंगलबार ढाँटलाई दुई लाख रूपैयाँसहित सम्मान गरेको हो ।
ढाँटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए । उनले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै यो उपाधि हासिल गरेका थिए ।
पछिल्लो जितले रवीन्द्रको व्यावसायिक रेकर्ड ८–१ मा सुधार भएको छ भने कोरेनको पाँच फाइटको यात्राको रेकर्ड तोडिएको छ । बझाङका रवीन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका थिए ।
भारतबाट नेपाल आइपुगेलगत्तै उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा बोलाएर सम्मान गरेका थिए । तर अहिलेसम्म नेपाल सरकारले रवीन्द्रलाई पुरस्कार दिएको छैन ।














प्रतिक्रिया