काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरीलाई मान्यता दिएन । पार्टीका संरक्षक रेशम चौधरीले केही समयअघि राष्ट्रिय भेला बोलाएर आफ्ना बाबुसमेत रहेका सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए ।
आयोगले लालवीरलाई मान्यता नदिएपछि नाउपाको आधिकारिक अध्यक्ष रञ्जिता श्रेष्ठ नै रहने भएकी छन् । मंगलबार निर्वाचन आयोगले गरेको निर्णयमा लालवीर चौधरीलाई अध्यक्षका रूपमा मान्यता नदिएको हो । निर्वाचन आयोगको पत्र भने नाउपाले पाएको छैन । सम्भवतः आजै पत्र पाउन स्रोतले बताएको छ ।
यसअघि रेशम चौधरीले बहुमत सदस्यको केन्द्रीय समिति बैठक बोलाएर रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट हटाएका थिए । त्यसपछि लालवीर चौधरीलाई नयाँ अध्यक्ष बनाएर निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाइएको थियो । श्रीमान् श्रीमतीको विवादका कारण नाउपाको अस्तित्व नै संकटमा परेको छ ।
रञ्जिताले कार्यबाहक अध्यक्षमा राप्रपा पृष्ठभूमिका नेतालाई दिएपछि उनलाई बहुमत सदस्यले अध्यक्षबाट हटाएका थिए । रञ्जिता कास्कीको लिचीबार जग्गा घुस डिल प्रकरणमा मुछिएकी छन् । अख्तियारले रञ्जितासँग बयान लिइसकेको छ ।














प्रतिक्रिया