काठमाडौं । रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो श्रीमानको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लैजाने भएकी छन् । त्यसका लागि उनले कानुनका एक्सपर्टको सहयोग पनि मागेकी छन् । बुधबार बिहान सामाजिक सञ्जालमा गृहमन्त्री रमेशल लेखक र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नाममा लामो स्टाटस लेख्दै राज्यले रविमाथि अन्याय गरेको बताएकी छन् ।
उनले रविमाथि हाल चलेका सबै मुद्दा गृहमन्त्री रमेश लेखक आएदेखिको मात्र भएको दाबी पनि गरेकी छन् । गृहमन्त्री लेखकके चलखेल र दबाबका कारण अदालतले रविविरुद्ध आदेश सुनाइरहेको उनले आरोप पनि लगाएकी छन् । आफूहरू जुनसुकै अदालतमा गए पनि आदेश आउने बेला विपक्षमा आउने गरेको र त्यसमा सबै भूमिका गृहमन्त्री लेखकको भएको उनको दाबी छ ।
जिल्ला अदालत रुपन्देहीमा पेसी तोकिएको दिन न्याय परिषदमा परेको उजुरी गृहमन्त्री लेखककै सचिवालयमा ड्राफ्ट भएको र त्यसबाट न्यायाधीशमा आतंक सिर्जना भएको उनको आरोप छ । निकिताले आफ्नो श्रीमानले न्याय नपाइञ्जेल लडिरहने उदघोष पनि गरेकी छन् । उनले जिल्लाको आदेशविरुद्ध उच्च अदालत जाने जानकारी पनि दिएकी छन् ।
‘हाम्रो मुद्दा चलेको बेलामा गरिएको उजुरी र मिडिया ट्रायलका कारण न्यायालयमा पारिएको दबाब विरुद्ध म न्याय परिषद् जान्छु र स्वतन्त्र न्याय सम्पादनमा बाधा पुगेका बेला न्याय सम्पादन भएको रुपन्देही जिल्ला अदालतको आदेश विरुद्ध म उच्च अदालत बुटवल पनि जान्छु। न्याय पाउँछु पाउँदिन थाहा छैन तर म जान्छु, अन्तर्राष्ट्रिय अदालत पनि जान्छु। न्याय नपाउन्जेल लड्छु,’ निकिताले भनेकी छन् ।
यस्तो छ निकिताले लेखेको स्टाटस














प्रतिक्रिया