काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा लफडा भएको छ ।
बुधबार सुरु भएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशनमा हात हालाहालको स्थिति आएपछि व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ । राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा पक्षबीच विवाद छ । युवा संगठनमा पनि सोही पक्षबीच लफडा भएको हो ।
केही युवाहरु मञ्चमा उक्लिएर होहल्ला गरेपछि हात हालाहाल भएको हो । कार्यक्रम सुरु नहुँदै असन्तुष्ट पक्षका युवा ज्योति लामाले माइकमा गएर आफ्ना कुरा राखिरहेका थिए । त्यही बेला लिङ्देन कार्यक्रमस्थल आइपुगे । त्यसपछि लिङदेन पक्षका युवाहरुले उनलाई मञ्चबाट उतार्ने क्रममा झडपको स्थिति आएको हो ।
त्यसपछि माइकिङ गर्दै औपचारिक कार्यक्रम सुरु नभइसकेकाले धैर्यपूर्वक बस्न आह्वान गरिएको थियो ।














प्रतिक्रिया