काठमाडौं – राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले अधिवेशन स्थगित भएको घोषणा गरेका हुन् ।
अध्यक्ष लिङदेनले उद्घाटन गरेको अधिवेशनमा झडप भएपछि स्थगित भएको हो । राप्रपामा अध्यक्ष लिङ्देन र महामन्त्री धवलशमशेर राणा पक्षबीच विवाद छ । यही विवादले युवा संगठन अधिवेशन नै बिथोलिएको हो ।
केही युवाहरु मञ्चमा उक्लिएर होहल्ला गरेपछि हात हालाहाल भएको थियो । कार्यक्रम सुरु नहुँदै असन्तुष्ट पक्षका युवा ज्योति लामाले माइकमा गएर आफ्ना कुरा राखिरहेका थिए । त्यही बेला लिङ्देन कार्यक्रमस्थल आइपुगे । त्यसपछि लिङदेन पक्षका युवाहरुले उनलाई मञ्चबाट उतार्ने क्रममा झडपको स्थिति आएको हो ।














प्रतिक्रिया