कुलमान घिसिङले वेलायती सांसदसँग द्विपक्षीय मुद्दामा छलफल


काठमाडौं l नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले अगस्ट १२ मा वेलायतका सांसद तथा नेपालको लागि सर्वदलीय सांसद समूह (All Party Parliamentary Group – APPG) का नेता माननीय एलेक्स बेकरसँग भेटघाट गरेका छन्।

भेटका क्रममा नेपाल–वेलायत सम्बन्ध, नेपालको ऊर्जा क्षेत्र, ग्रीन हाइड्रोजन, जलवायु परिवर्तनले नेपालमा पारेको असर र यस सम्बन्धमा विश्वव्यापी रूपमा उठाउनु पर्ने विषय, वेलायती गोर्खा आर्मीको पेन्सन, नेपालको वर्तमान राजनीतिक अवस्था, र “उज्यालो नेपाल” अभियानका उद्देश्यबारे सौहार्दपूर्ण छलफल भएको प्राधिकरणले जनाएको छ।

माननीय बेकरले नेपालको हरेक विषयमा गहिरो चासो व्यक्त गर्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेटमा नेपाल–बेलायतबीचको द्विपक्षीय G2G गोर्खा मुद्दाका प्रमुख वार्ताकार तथा सचिव मेजर (सेवानिवृत्त) जुद बहादुर गुरुङ, एपीपीजी नेपालकी सचिव प्रेमिला भान ओमेन तामाङ, र एल.एन. पाण्डे पनि उपस्थित थिए।