काठमाडौं । प्रधानमन्त्री केपी ओली चीन जाने भएका छन् । भदौ अन्तिम साता भारत भ्रमणको तयारी गरिरहेका प्रधानमन्त्री ओली त्यसअघि नै चीन जान लागेका हुन् । तिआन्जिन सहरमा हुने सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन ओलीलाई चीनको निमन्त्रणा बुधबार प्राप्त भएको हो ।
प्रधानमन्त्री ओली जाने पहिले नै पक्का भएको, तर औपचारिकताका लागि बुधबार मात्र चिठी प्राप्त भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । उनी सानो प्रतिनिधिमण्डल लिएर चीन जान लागेको बताइन्छ । एससिओ सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुनेछन्। मोदी सात वर्षपछि चीन जान लागेका हुन् ।
शिखर सम्मेलनको सिलसिलामा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री मोदीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। ओली चार दिनपछि स्वदेश फर्कनेछन्।














प्रतिक्रिया