फेरि शैक्षिक क्षेत्र अस्तव्यस्त हुने, प्याब्सन र एनप्याब्सनले गरे आन्दोलन घोषणा


काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् । निजी विद्यालयको संगठन प्याब्सन र एनप्याब्सनले बिहीबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै उनीहरुले सबै तहका समितिलाई आन्दोलनको आवश्यक तयारी गर्न विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत बिहीबार पहिलो दिन देशैभरिका पालिका प्रमुख र शिक्षा शाखामा ज्ञापनपत्र बुझाइँदैछ । शुक्रबार जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापनपत्र बुझाउने, आगामी भदौ १ गते प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीलाई पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

भदौ २ गते आफ्नो क्षेत्रका सांसदहरूलाई ज्ञापनपत्र बुझाउने र सुझाव संकलनका लिग राष्ट्रिय परिषद्को भर्चुअल बैठक गर्ने निर्णय समेत उनीहरुले गरेका छन्। भदौ ३ गते पालिका, ४ गते जिल्ला, ५ गते प्रदेशस्तरीय आन्दोलन तयारी बैठक गर्ने र भदौ ६९७ गते केन्द्र र प्रदेशस्तरमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गर्ने घोषणा उनीहरूको छ ।

भद्र आन्दोलन, अन्तरक्रिया, छलफलबाट पनि निकास ननिस्किए विद्यालय बन्दसम्मको चेतावनी दिइएको छ । शिक्षा क्षेत्रसँग सम्बन्धित चार संगठनले एक साताअघि नै पत्रकार सम्मेलनमार्फत साउन २९ गतेसम्म आफ्ना माग पूरा गराउन अल्टिमेटम दिएको थियो । तर सरकारले विद्यालय शिक्षा विधेयक ल्याउन उदासीनता देखाउँदै आएको छ ।