डाक्टर पलायन भएको ४८ घन्टा नबित्दै अहिलका चर्चित संगीतकार पनि अमेरिकापलायन


काठमाडौं । चर्चित मुटुरोग विशेषज्ञ डा. रामेश कोइराला अमेरिका पलायन भएको दुई दिन नबित्दै अहिलेका लोकप्रिय संगीतकार तथा गायक आशीष अविरल पनि अमेरिका लागेका छन् । अविरल ग्रीनकार्डमार्फत अमेरिका पुगेका हुन् ।

एक छोरासित अमेरिका गएका उनको नेपालमा रहेका श्रीमती र अर्का छोरा पनि छिट्टै अमेरिका जाने भएका छन् । उनी अहिले अमेरिकामा कागजपत्र मिलाउन व्यस्त रहेको बताइन्छ । अविरलले आफ्ना सन्तानको भविष्यका लागि अमेरिका पुगेको बताएका छन् । नेपालमा भविष्यको ग्यारेन्टी नदेखेर अमेरिका पुगेका अविरलले आफू संगीतकर्ममै लागिरहने बताएका छन् ।

अविरलले १० हजार हाराहारीको गीतको एरेन्ज, दर्जनौं सुपरहिट गीतमा संगीत र गीत लेखेका छन् । ‘काले केटाले’, ‘परान परान’, ‘छुनुमुनु’, ‘नाईं मलाई था छैन’, ‘माया लुकी लुकी’ जस्ता गीतका संगीतकार अविरल नै हुन् ।