काठमाडौं – नायक पुष्प खड्का केही वर्षको ब्रेकपछि सविर श्रेष्ठको निर्देशनमा बन्ने फिल्म ‘३६ को आँकडा’ मार्फत पुनः पर्दामा फर्किन लागेका छन् । फिल्ममा उनी नायिका पूजा शर्मासँग पहिलो पटक जोडीको रुपमा देखिँदैछन् ।
यस्तै, नायिका रेखा थापाको जोडीको रुपमा नायक महेश त्रिपाठी देखिने भएका छन् । रेखा र महेशले पनि पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् ।
‘३६ को आँकडा’को छायांकन भोलि पूजा गरेर सुरु हुने तयारी छ । फिल्मको कथावस्तु भने निर्माणपक्षले गोप्य राखेको छ । रेखा र पूजा भने ‘उपहार’पछि दोस्रो पटक एउटै पर्दामा देखिँदैछन् ।














प्रतिक्रिया