राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइएको छ। लामिछाने आज बुद्ध एयरको नियमित उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ललितपुरको नख्खु कारागारतर्फ स्थानान्तरण हुँदैछन्।
उनी बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा थुनामा थिए। कारागार व्यवस्थापन विभागको निर्णयअनुसार लामिछानेलाई आज नख्खु कारागारमा स्थानान्तरण गरिँदैछ। उनले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार स्थानान्तरणको लागि निवेदन दिएका थिए। सो निवेदनमा अदालतले जेठ १६ गते स्वीकृति दिएको थियो।
आज बिहान भैरहवा कारागारबाट निकालिएपछि लामिछानेलाई विमानस्थल पुर्याउने क्रममा रास्वपा नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। त्यस्तै, काठमाडौंको नख्खु कारागार परिसरमा पनि उनका समर्थकहरू जम्मा हुन थालेका छन्। रविले यसअघि जेठमै नख्खु कारागारमा सरुवाका लागि औपचारिक निवेदन दिएका थिए। सोही अनुरूप आज उनको स्थानान्तरण प्रक्रिया अघि बढाइएको हो।














प्रतिक्रिया