काठमाडौं । चर्चित भारतीय युट्युबर एल्विश यादवको गुरुग्रामस्थित घरमा आइतबार बिहान गोली प्रहार भएको छ। घटना बिहान ६ बजे भएको बताइएको छ। गोली चलाउँदा एल्विश घरमा उपस्थित थिएनन्। उनकी आमा र कामदार भने घरमै थिए। यसबारे सेक्टर ५६ प्रहरी चौकीमा उजुरी दर्ता भएसँगै अनुसन्धान सुरु गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीका अनुसार आइतबार बिहान ५ः३० देखि ६ः०० बजेसम्म मोटरसाइकलमा आएका तीनजना अपरिचित व्यक्तिले लगातार दुई दर्जनभन्दा बढी राउन्ड गोली चलाएका थिए। प्रहरीले आक्रमणकारीहरूको खोजी सुरु गरेको र यसका लागि क्षेत्र वरपरका सीसीटीभी क्यामेराहरू स्क्यान गर्न सुरु गरेको छ। अहिलेसम्म कुनै पनि समूहले यो गोलाबारीको जिम्मेवारी लिएको छैन। एल्विश बेलाबेला विवादमा आउने गर्छन् । केही समयअघि उनले आफ्नो कन्टेन्टलाई लिएर माफी माग्नुपरेको थियो ।














प्रतिक्रिया