काठमाडौं – नेपालको दुई दिने भ्रमणमा आइपुगेका भारतीय विदेश सचिव विक्रम मिश्रीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
देउवालाई भेट्न मिश्री बुढानिलकण्ठस्थित निवास पुगेका थिए । आफ्नो निवासमा भारतीय विदेश सचिवलाई स्वागत गर्न पाउँदा खुसी लागेको देउवाले बताएका छन् । उनले भेटमा पारस्परिक विश्वास, सद्भावना, समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा निर्मित घनिष्ठ र बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्नमा केन्द्रित भएको बताएका छन् ।
‘आज मेरो निवासमा भारतीय विदेश सचिव विक्रम मिश्रीलाई स्वागत गर्न पाउँदा खुसी लाग्यो। हाम्रो छलफल पारस्परिक विश्वास, सद्भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा निर्मित घनिष्ठ र बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्नमा केन्द्रित थियो,’ देउवाले भनेका छन् ।
आइतबार बिहान काठमाडौं आइपुगेका भारतीय विदेश सचिव मिश्रीले सुरुमा प्रधानमन्त्री केपी ओली, त्यसपछि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेपछि बुढानिलकण्ठ पुगेका हुन् ।
मिश्रीले आजै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।














प्रतिक्रिया