काठमाडौं – झन्डै तीन महिनादेखि संसद् बहिष्कार र अवरोध गर्दै आएको रास्वपालाई अर्को झट्का लाग्ने भएको छ । रास्वपाबाट प्रतिनिधिसभामा उपसभामुख निर्वाचित इन्दिरा राना मगरमाथि महाअभियोग लगाउने तयारीमा सत्तारुढ दल अघि बढेका छन् ।
रानामगरलाई हटाउन संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको छ। उनले संसद् सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा छानबिनको माग भइरहेको थियो ।
रानालाई महाअभियोग लगाउन सत्तारुढ कांग्रेस र एमालेले सांसदहरूलाई पार्टीको संसदीय दलको कार्यालयमा बोलाएका छन् । महाअभियोग लगाउन हस्ताक्षर संकलन गर्ने तयारी भएको बुझिएको छ । रानाले ६ जना व्यक्तिलाई अमेरिका पठाउन संसद् सचिवालयको लेटरप्याड प्रयोग गरेकी थिइन् । त्यसपछि उनीमाथि मानव तस्करीको आरोप लागेको थियो ।
तर रास्वपाले भने राना निर्दोष रहेको, समाजसेवी भएको भन्दै प्रतिवाद गरेको थियो । रानाले लेखेको लेटरप्याडलाई अमेरिकी दूतावासले मान्यता दिएको थिएन । मानव तस्करीको आशंका लागेर उनीहरूलाई भिसा दिइएन ।














प्रतिक्रिया